कम्युनिस्ट आन्दोलनको इतिहासमाथि भएको खेलबाड

शिलापत्र

- चन्द्रदेव जाेशी

म २०१४ सालमा हालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट राजनीतिक जीवनमा प्रवेश गरेको भए पनि कम्युनिस्ट आन्दोलनसँग सोभियत संघमा अध्ययन गर्दा २०२२ सालमा मात्र जोडिएको हुँ । त्यस बेलासम्म पुष्पलाल, तुलसीलाल, हिकमत सिंहसहितको अल्पमत पक्षले पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी विभाजित गरी बनारस महाअधिवेशन सम्पन्न गरिसकेको थियो ।

रायमाझी नेतृत्वको मातृपार्टी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सदस्यका हैसियतले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा काम गरिरहेको अवस्था थियो र सोभियत कम्युनिस्ट पार्टीलगायत विश्व कम्युनिस्ट आन्दोलनका सबै पार्टीहरूसँग जीवित सम्बन्धमा थियो । त्यसभन्दा पहिले मेरो राजनीतिक जीवन नेपाली कांग्रेससँग जोडिएको थियो । त्यसको आफ्नै पृष्ठभूमि, कथाव्यथा र कहानी छ (त्यो पछि कुनै बेला) । त्यस कारण पार्टीको जन्मकालदेखि २०२२ सालसम्मका घटना विकास, मनमोहनद्वारा पुष्पलालको विस्थापन, अन्तरपार्टी संघर्षका दाउपेच, प्रथम सम्मेलन, प्रथम महाधिवेशन, डा. केशरजङ्ग रायमाझीको पार्टी नेतृत्वमा आरोहण, दोस्रो महाधिवेशनको खिचलो, दरभङ्गा प्लेनम, २०१९ को पार्टी विभाजन आदिजस्ता घटनाहरूमा मेरो सशरीर उपस्थिति नरहेकाले म ती घटनाहरूको प्रत्यक्षदर्शी वा ती घटना विकास प्रक्रियाहरूमा प्रत्यक्ष सहभागी व्यक्ति होइन ।

प्रकाशित मिति: : 2023-05-19 05:40:00

प्रतिकृया दिनुहोस्