सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसाे ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ। त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए।

प्रतिनिधिसभाको बैठक पनि आजै साँझ ६ बजे बस्ने कार्यसूची छ।

राष्ट्रपति पाैडेलले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बाेधन गर्दै

प्रकाशित मिति: : 2023-05-19 07:44:00

प्रतिकृया दिनुहोस्