प्याब्सकको प्रमाण पत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न (भिडियाे)

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले प्रमाण पत्र वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार पाँचौँ अधिवेशनबाट निर्वाचित भएकाहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्दै स्केएल टावरको ईम्पेरियल ब्याङक्वेटमा कार्यक्रम समापन भएको हो। उक्त कार्यक्रम विशेष अथितीकोको उपस्थितीमा सम्पन्न भएको थियो।

त्यसैगरी उक्त अवसरमा प्याब्सकका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार गेन्द्र लामाले नवनिर्वाचित सबै जनालाई बधाई दिएका थिए।

उनले आफ्नो कार्यकायमा पूरा नभएको काम यसपटक पूरा हुनेसमेत आश्वासन राखेका थिए। ‘मैले मेरो कार्यकालमा धेरै कामहरु गरेँ तर पूरा नभएका बाँकी कामहरु यो पटक हुने विश्वास राखेको छु’ उनले भने। 

त्योसँगै प्याब्सकका नवनिर्वाचित अध्यक्ष राजन क्षेष्ठले निर्वाचनमा आफूलाई चुनेकोमा धन्यवाद व्यक्त गरेका थिए। 

शिक्षालाई गुणस्तरीय बनाउँदै उनले भनेका थिए, ‘म काम गर्नका लागि अध्यक्ष बनेको हुँ। त्यसैले मलाई सबै जना साथीहरुको साथ र सहयोग चाहिन्छ। म असफल हुनु भनेको हामी सबै असफल हुनु हो। त्यसैले हातेमालो गरेर अघि बढ्यौँ। हामी अवश्य नै सफल हुनेछौं।’ 

प्रकाशित मिति: : 2023-05-22 14:00:00

प्रतिकृया दिनुहोस्