ए डिभिजन लिग: त्रिभुवन आर्मीसँग फ्रेन्ड्स पराजित

काठमाडौँमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबसँग फ्रेन्ड्स क्लब पराजित भएको छ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा भएको खेलमा त्रिभुवन आमी फुटबल क्लबसँग फ्रेन्ड्स क्लब ३:० ले पराजय भयो। त्रिभुवनका लागि खेलको २६औँ मिनेटमा जगजीत श्रेष्ठलले गोल गरेर अग्रता दिलाए। त्यस्तै, खेलको ७५औँ मिनेटमा नवयुग श्रेष्ठलले गोल गर्दै खेललाई २:० पारे।

यता, खेलको इन्जुरी समयमा सुदिल राईले गोल गर्दै त्रिभुवनलाई सफलता दिलाए।

प्रकाशित मिति: : 2023-05-22 17:37:00

प्रतिकृया दिनुहोस्