आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड बजेट

सरकारले आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ९८ प्रकारका औषधि तथा खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन ६ हजार ७४३ स्थानीय तहका आधारभूत स्वास्थ्य केन्द्रका लागि १ अर्ब २८ करोड विनियोजन गरेको बताए। 

उनले मुलुकभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि र खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको बताएका छन्।

प्रकाशित मिति: : 2023-05-29 18:32:00

प्रतिकृया दिनुहोस्