अशंबन्डाकाे विवादका क्रममा छाेराकाे कुटाइबाट बुबाकाे मृत्यु

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

आफ्ना ७० वर्षीय बुबा लाेकबहादुर कुमालकाे हत्या गरेको अभियोगमा इलामकाे माई नगरपालिका- २ चेप्टीका ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

दीपकले जेठ ८ गते अंशबन्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोकबहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दीपकलाई पक्राउ गरेको छ।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनायाे।

प्रकाशित मिति: : 2023-06-02 14:33:00

प्रतिकृया दिनुहोस्