सिर्सिया नदी पीडितलाई धर्नास्थलमै पुगेर गृहमन्त्री श्रेष्ठले भने– मन्त्रालय आउनुहोस् समस्या समाधान हुन्छ (भिडियो)

उद्योग तथा कलकारखानाका कारण सिर्सिया नदीमा प्रदूषण भएको भन्दै वीरगञ्जबाट १० दिन पैदल हिँडेर काठमाडौँ आएर माइतीघर मण्डलामा धर्ना बसेका पीडितहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन्।

गृहमन्त्री श्रेष्ठ बुधबार दिउँसो माइतीघर मण्डला पुगेर पीडितका गुनासो सुनेका हुन्। त्यसक्रममा मन्त्री श्रेष्ठले पीडितहरुकाे आन्दाेलनले सरकारी पक्षलाई घच्घचाएकाे र समास्या समाधानमा बल पुर्‍याएकाे बताए।

उनले पीडितहरुलाई छलफलकाे लागि मन्त्रालय आउनसमेत आग्रह गरे। ‘मन्त्रालयमा पनि आउनुस्, अरु मन्त्रालयसँग पनि जाेडिएर छलफल गराैँ, तपाईंहरूको एजेण्डा हाम्रो आफ्नै एजेण्डा हो।’

उनले स्वच्छ वातावरणाकाे लागि चुरे तथा वन जंगल पनि संरक्षणमा लाग्ने वाचा गरे।

१० दिनसम्म हिँडेर काठमाडाैँ आएका करिब २१ जना पीडितहरुले १२ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्। सिर्सिया नदीमा भएकाे फाेहाेर नियन्त्रण गर्नु पर्ने, खाेला तथा वन जंगलकाे संरक्षण गर्नु पर्ने तथा सुकुम्वासीले कब्जा गरेकाे नदी छेउकाे भूमि खाली गर्नु पर्ने उनीहरुकाे माग छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-07 15:20:00

प्रतिकृया दिनुहोस्