हामी कयौँ भूतको कथा सुन्दै आइरहेका छौँ। त्यहीँ पनि हामी सोच्ने गर्छौ कि भूत नामको केही हुँदैन। तर त्यो असत्य हो। मान्छे जस्तो यो धर्तीमा भूतहरूको पनि बास छ। आज हामी त्यस्तो ठाउँहरूको बारेमा चर्चा गर्नेछौँ। जहाँ जानका लागि मानिसहरू डराउने गर्छन् तर यदी तपाई डरलाग्दो ठाउँ घुम्न रुचाउनुहन्छ भने यो ठाउँ घुम्नका लागि उपयुक्त हुनेछ।
पोवेग्लिया टापु, इटली
इटलीको वेनिससहर विश्व प्रसिद्ध घुम्न जाने ठाउँ हो। तर जति सुन्दर यो ठाउँ छ त्यतिनै डरलाग्दो छ, पोवेग्लिया टापु। जुन वेनिस र लीडोको बिचमा छ। यस्तो भनाइ छ कि २० शब्तादीमा यो ठाउँलाई बुबोनिक प्लेगबाट पीडित मान्छेलाई क्वारान्टाइन स्टेशनको रुपमा बनाइएको थियो र पछि बन्द गरियो। तर १९२० मा यसलाई मेन्टलअसाइलको रुपमा प्रयोग गरियो। यो टापुलाई कयौँ भूतको फिल्ममा ‘प्यारानर्मल’ को लागि देखाइएको थियो।
अलकाट्रान्ज टापु, क्यालिफोनिया
क्यालिफोनियाको सैन फ्रान्सिस्को पनि अन्य सहर जस्तो सुन्दर ठाउँ छ। जुन गोल्डन पुल र रङगिन विक्टोरियनको घेराबाट परचित छ। तर यो सानदार सहरमा खतरनाक अल्काट्रान्ज टापु पनि छ। जुन प्रख्यात अपराधिहरूका लागि चिनिन्छ। जो टापुको जेलमा बसेका थिए। त्यसैले त्यहाँ घुम्न डराउँछन्, मानिस।
गुडियाको टापु, मेक्सिको सिटी
मेक्सिको सिटी दुनियाँको सबैभन्दा ठुलो सहरमध्येको एक हो। तर जति सुन्दर यो ठाउँ छ, त्यतिनै डरलाग्दो त्यहाको इस्ला डे लास मुनेकास टापु छ। जसको बारेमा भन्ने गरिन्छ कि त्यहाँ डरलाग्दो गुडियाहरू झुण्डिएको देखिन्छ। त्यहाँको कथा अनुसार एउटी केटी कयौँ वर्षअघि रहस्यमय तरिकाबाट टापुमा डुबेकी थिइन्। र त्यहीँ गुडियामा उनको आत्माको बास छ। स्थानीयहरूका अनुसार त्यो गुडियाले आफ्नो हात र टाउको हल्लाउँछ। त्यो ठाउँ यतिधेरै डरलाग्दो छ कि त्यहाँको बारेमा सोच्दै डर लाग्छ।
आइल अफ वाइट, इङल्याण्ड
दक्षिण समुन्द्रस्थित आइल अफ वाइट चट्टान र अदूषित ग्रामीण एरियाको कारण हेरान गरिदिन्छ। यो आकर्षक र ऐतिहासिक डेस्टिनेशन भूतिया कहानीसँग जोडिएको छ। यस्तो भनिन्छ कि हरेक वर्ष अन्य ठाउँहरूबाट आएका भूतहरू त्यस ठाउँ भेला हुन्छन्। यदी तपाई भूतसँग भेट्न चाहनुहुन्छ भने त्यो ठाउँ जानुस्। जहाँ तपाईको भेट आत्मासँग हुन सक्छ।
नोरफोक टापु, अस्ट्रेलिया
प्रशान्त महासागरमा अवस्थित नोरफोक टापु अस्ट्रेलियाको मुख्य भूमि १४०० किलोमिटर पूर्वमा छ। यही सुन्दर डेस्टिनेशन हरियाली पहाड, चट्टान समुन्द्र र प्रसिद्ध नोरफोक देवदार रुखको घर छ। भलै, यो टापु सधैँ त्यस्तो थिएन। १९ औँ शताब्दीको समयमा यो ठाउँ अपराधीहरूको घर थियो। यो ठाउँ भूतिया कहानीहरूसँग जोडिएको छ। एजेन्सीकाे सहयाेगमा