ठेकेदारको लापरबाहीले बन्दीपुरमा विकास अलपत्र, गाउँपालिका अध्यक्ष भन्छन्– हैरान पारे

सेतोपाटी

राजेश घिमिरे

ठेकेदारको मनपरीले तनहुँको पर्यटकीय गाउँ बन्दीपुरका महत्वपूर्ण योजनाहरू अलपत्र परेका छन्। गाउँपालिकाले महत्वपूर्ण मानेका योजना नै अलपत्र पारेर ठेकेदार सम्पर्कबिहीन हुँदै आएका छन्।

बन्दीपुरको पर्यटन विकासका लागि महत्वपूर्ण मानिएको मिनी ग्रेटवाल, पृथ्वी राजमार्गदेखि बन्दीपुरसम्मको सडक स्तरोन्नति, कालोपत्रे तथा ढलान, तीनधारा–बाहुन भञ्ज्याङ सडक लगायतका योजनाहरू वर्षौंदेखि अलपत्र परिरहेका हुन्।

प्रकाशित मिति: : 2023-06-20 17:32:00

प्रतिकृया दिनुहोस्