साफ च्याम्पियनसिपस: लेबनानले बंगलादेशलाई हरायो

File photo
File photo

साफ च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा आमन्त्रित टोली लेबनानले  विजयी सुरुआत गरेको छ।

बिहिबार भारतको बैगलुरुस्थित श्री कान्तिभरा स्टेडियममा भएको खेलमा लेबनानले बंगलादेशलाई २:० अन्तरले पराजय गरेको छ। लेबनानका लागि खेलको ८०औँ मिनेटमा कप्तान हसन मातुकले गोल गरेर लेबनानलाई अग्रता दिलाएका थिए।

त्यस्तै,खेलको इन्जुरी समयमा खालिल बढेर गोल गर्दै लेबनानलाई जित दिलाए। समूह बी मा रहेको लेबनानले यस जितसँगै ३ अंक बटुल्लेर शीर्ष स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2023-06-22 18:13:00

प्रतिकृया दिनुहोस्