नागरिकताविहीनहरुसँग खुसी मनाउन माइतीघर पुगे प्रधानमन्त्रीका सल्लाहकार

नागरिकता प्राप्तिकाे बाटाे खुलेसँगै खुसी मनाइरहेका नागरिकताविहीनहरुसँग खुसी मनाउन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका माओवादी केन्द्रका नेता हरिबाेल गजुरेल माइतीघर मण्डला पुगेका छन्। उनी बिहीबार साँझ माइतीघर मण्डला पुगेर नागरिकता प्राप्तिकाे बाटाे खुलाउन सहयाेग गर्ने सबैलाई धन्यवाद दिए।

उनले अहिलेसम्म नागरिकता नभएकै कारण नागरिकताविहीनहरुले भाेग्नु परेकाे कठिनाइप्रति क्षमायाचना गरे।

भिडियाे :

प्रकाशित मिति: : 2023-06-22 19:05:00

प्रतिकृया दिनुहोस्