साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आज दोस्रो खेल भारतसँगै भिड्दैछ। खेल शनिबार भारतको बैंगलुरुस्थित श्री कान्तिभरा स्टेडियममा नेपाली समयअनुसार बेलुका ७ : ४५ बजेबाट सुरु हुँदैछ।
पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको नेपाल आज भारतसँग जितको लक्ष्यसहित मैदानमा उत्रिँदै छ।
उता, भारतले भने आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४–१ ले पराजय गरेको थियो। भारत पनि नेपालमाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। समूह ए मा रहेको भारत र कुवेत बलियो प्रतिद्वन्द्वी हुन्। अघिल्लो संस्करण्को साफ च्याम्पनसिपमा नेपाल भारतसँग पराजित भएर च्याम्पनसिप बन्नबाट चुकेको थियो।
फिफा वरियातमा भारत १०१औँ स्थानम छ भने नेपाल १७४औँ स्थानमा रहेको छ। १४औँ संस्करणको पुरुष साफ च्याम्पनसिप गत असार ८ गतेबाट सुरु भएको हो।
नेपाल भारत, पाकिस्तान र कुवेतसहितको समूह ए मा छ। भने, समूह बि मा भुटान, बंगालदेश, लेबनान र मालदिभ्स छन्।