साफ च्याम्पियनसिपस: कुवेतले पाकिस्तानलाई हरायो

भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिपसमा आमन्त्रित टिम कुवेतले पाकिस्तानमाथि सानदार जित हात पारेको छ। 

शनिबार  श्री कान्तिभरा स्टेडियममा भएको खेलमा कुवेतले पाकिस्तानलाई ४:० ले पराजय गरेको हो। कुवेतको जितमा मुबारक अल फनेनीले दुई गोल गरे भने अल इनेजी र अल राशेदीले समान एक एक गोल गरे। पहिलो खेलमा कुवेतले नेपालाई ४:१ ले हराएको थियो। 

यही समूहको अर्को खेलमा आज नेपालले आयोजक भारतसँग खेल्दैछ। खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2023-06-24 18:06:00

प्रतिकृया दिनुहोस्