डोल्पाका ८ मध्ये ५ स्थानीय तहले ल्याए बजेट, जगदुल्लाकाे बजेट पारित भएन

हिमाली जिल्ला डोल्पाका आठ स्थानीय तहमध्ये पाँच वटाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएका छन्।

डोल्पाको ठुलिभेरी नगरपालिका, मुड्केचुला गाउँपालिका, शे-फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाले १० असारमै बजेट ल्याएका हुन्।

अन्य तीनवटा स्थानीय तह त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला र काइके गाउँपालिकाले भने बजेट ल्याउन सकेका छैनन्। त्रिपुरासुन्दरी नगरपालिकाले असार १० मै बजेट ल्याउने तयारी गरे पनि नगर प्रमुख जनचन्द्र रोकायलाई पुत्र शोक परेका कारण नगरसभा सरेको बताइएको छ।

त्यस्तै काइके गाउँपालिकाले १२ असारमा बजेट ल्याउँदैछ। उता जगदुल्ला गाउँपालिकाले १० असारमै बजेट प्रस्तुत गरेपनि गाउँ सभामा भएकाे विवादका कारण बजेट अनुमोदन हुन नसकेकाे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैशीले जानकारी दिए।

बजेट ल्याएका ५ वटा स्थानीय तहमध्ये आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि मुड्केचुला गाउँपालिकाले ३६ करोड ३५ लाख बराबरको बजेट ल्याएको छ।

ठुलीभेरि नगरपालिकाकाे असार ४८ करोड २ लाख २३ हजार २ सय ४२ रुपैयाँ बजेट ल्याएको छ। उपल्लो डोल्पाको छार्काताङ्सोङ गाउँपालिकाकाे असार १० गतेकै गाउँ सभाबाट २७ करोड ३० लाख ६७ हजार बराबरको बजेट ल्याएको छ।

त्यस्तै फोक्सुण्डो गाउँपालिकाले असार ५ गते नै गाउँ सभाबाट ३२ करोड ९२ लाख बराबरकाे अनुमोदन गरेको छ। डोल्पोबुद्ध गाउँपालिकाकाे गत असार ८ गते सम्पन्न गाउँ सभाले २८ करोड ९६ लाख ९० हजार ६ सय ४९ रुपैयाँ बराबरको बजेट ल्याएको छ।

प्रकाशित मिति: : 2023-06-26 15:31:00

प्रतिकृया दिनुहोस्