नेपालले थाइल्याण्डलाई २२५ रनले हरायाे

एसीसी यु– १६ मेन्स इस्टर्न रिजन कप– २०२३ अन्तर्गतको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गरेको छ।

मलेसियाको बाँगीमा नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो।

थाइल्यान्डका इसान बेर्नाेजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाउनु बाहेक अन्यले दोहोर अङ्क बनाउन सकेनन्।

नेपालका सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए। भने, अशोक धामीले ३ तथा कप्तान अभिषेक तिवारीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाएर ३ सय ६९ बनाएको थियो।

नेपालका लागि निरजकुमार यादवले ७४ र नरेन भट्टले ५५ रनको अर्धशतकीय इनिङ खेले।

यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति: : 2023-06-28 11:37:00

प्रतिकृया दिनुहोस्