माल्दिभ्सलाई हराउँदै लेबनान साफ च्याम्पनसिपको सेमिफाइनलमा

भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा आमन्त्रित टोली लेबनानले माल्दिभ्सलाई पराजित गरेको छ।

बुधबार बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा माल्दिभ्स लेबनानसँग १:० ले पराजय भएको हो। लेबनानका लागि खेलको २३ औं मिनेटमा सन माटुकले निर्णायक गोल गरेर लेबनानलाई सफलता दिलाए।

जितसँगै लेबनानले ३ खेलमा ९ अंक जोडेको छ, यससँगै लेबनान समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। लेबनानले अब सेमिफाइनल भारतसँग खखेल्नेछ।'

प्रकाशित मिति: : 2023-06-28 17:39:00

प्रतिकृया दिनुहोस्