क्यानले फेर्‍यो मुलपानी क्रिकेट मैदानको नाम, स्थानीयले घेरे कार्यालय (भिडियाेसहित)

नेपाल क्रिकेट संघ (क्यान) काे कार्यालयमा कागेश्वरी मनाेहराका स्थानीहरूले विराेध जनाएका छन्। 

क्यानले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेकाे भन्दै उनीहरूले आइतबार बिहानदेखि कार्यालय घेरेका हुन्। 

क्यानको शुक्रबार बसेको बैठकले क्यानका संस्थापक तथा पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामकरण गरेकाे थियाे। 


 

प्रकाशित मिति: : 2023-07-02 11:32:00

प्रतिकृया दिनुहोस्