त्रिदेशीय व्यापारीक सडककाे ल्यासिक्याप-सिस्याैलकाे ३३ सेनालाई जिम्मा दिन माग

हिमाली जिल्ला डाेल्पामा पर्ने ल्यासिक्याप-सिस्याैल सडकखन्डकाे ३३ किलोमिटर सडक निर्माणकाे जिम्मा नेपाली सेनालाई दिन माग गरिएको छ।

डाेल्पाबाट निर्वाचित संघिय सांसद धनबहादुर बुढाले सडक निर्माणकाे जिम्मा सेनालाई दिन माग गर्दै डाेल्पाका सम्पूर्ण प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलकाे तर्फबाट संघिय सरकारका भाैतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पत्र बुझाएका हुन्। देशकाे रणनीतिक महत्वकाे रुपमा रहेकाे नेपाल-चिन सिमानमा पर्ने माेरिम-सिस्याैल-दुनै-रुपैहिडिया जाेड्ने सडकलाई ब्लास्टिङ् गरेरमात्र ट्रयाक खाेल्न सम्भव भएकाले सेनालाई दिन आग्रह गरिएको सांसद बुढाले बताए।

हाल माेरिम-सिस्याैल सडकखन्डकाे ४८ किलोमिटर ट्रयाक खुलिसकेकाे र सिस्याैल-ल्यासिक्यापकाे ३३ किलोमिटरकाे चट्टानी खन्डमात्र बाँकी रहेकाे बुढाले बताए । सेनालेनै विशाल भिर पहरा छिचाेलेर डाेल्पालाई राष्ट्रिय सडकसञ्जालमा जाेडेर महत्त्वपूर्ण याेगदान रहेकाे बताउँदै अब याे सडकपनि सेनाले खाेल्नुपर्ने उनकाे भनाइ छ। भेरीकरिडाेर अन्तर्गत पर्ने तल्नु-दुनै बिचमा पर्ने सानाठुला खाेलामा पक्की पुल र तल्नु-दुनै सडकखन्ड कालाेपत्रेका लागि अब छिट्टै टेन्डर खुलाउने तयारी भइरहेको समेत बुढाले बताए। त्यसैगरि कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाहीले डाेल्पासम्म राष्ट्रिय सडक जाेडेर सेनालै अनुभव बटुलिसकेकाले सिस्याैल ल्यासिक्याप सडक निर्माणकाे जिम्मा सेनालाई दिदाँ छिटाे छरिताे र भरपर्दोहुने बताए।

सेनालाई सडक निर्माणकाे जिम्मा दिनुपर्छ भन्नेमा डाेल्पाका सम्पूर्ण जनप्रतिनिधि र राजनीतिक दल एक ठाउँमा उभिएकाले अब त्रिदेशीय व्यापारीक सडक भेरी करिडाेरले पुर्णता पाउनेमा कुनै शंका नरहेको शाहीले बताए। पत्रमा पुर्व उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री तथा प्रदेश सभा सांसद बिरबहादुर शाही,प्रदेश सांसद शेर बहादुर बुढा,कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा,जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकाय लगायत गाउँपालिका अध्यक्ष तथा विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्वको हस्ताक्षर रहेकाे छ।

प्रकाशित मिति: : 2023-07-06 16:01:00

प्रतिकृया दिनुहोस्