एसिसी इमर्जिङ टिम्स कपको लागि नेपाली टिमको घोषणा

श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टिमको घोषणा गरिएको छ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो। टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् भने ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन्। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले सो प्रतियोगिता नखेल्ने भएका छन्। उनीहरु दुवै क्यानडामा हुने ग्लोबल टी-२० खेल्न जाँदैछन्।

नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने छ। यस्त छन् नेपाली टोली:

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा।

प्रकाशित मिति: : 2023-07-08 10:31:00

प्रतिकृया दिनुहोस्