मिसन सगरमाथा बेस क्याम्प–१४: जीवनमा व्यापारमात्र कहाँ सबथोक हुन्छ!

सेतोपाटी

मनोजकुमार कँडेल

पदयात्राको अन्तिम गन्तव्यमा उभिएर जीवनको यात्राहरूलाई सम्झिँदा गौरव महसुस भयो।

रामेछापको विकट गाउँमा जन्मिएर जीवनको उतार चढावसँगै विश्वकै उच्च स्थान सगरमाथाको बेस क्याम्पमा उभिँदा हर्षित थिएँ। जीवनको यो रंगमन्चमा मेरो एउटा अद्भूत यात्रा थियो। 

एक्लै आफ्नो सेल्फी लिँदै, सगरमाथा आरोहीहरूले आराम गरिरहेको क्याम्पको रङ्गीविरङ्गी टेन्टको फोटो खिच्दै झण्डै १५ मिनेट सगरमाथाको काखमा समय बिताएर र आफ्नो गन्तव्यतिर फर्किएँ। बाटोमा अझै पनि कुनै पदयात्रीहरू भेटिएका थिएनन्। आज म एक्लो पदयात्रीको रूपमा बेस क्याम्प पुग्ने पहिलो थिएँ।

प्रकाशित मिति: : 2023-07-08 14:09:00

प्रतिकृया दिनुहोस्