समाजवादी मोर्चाको पहिलो बैठक जारी

चार दल आबद्ध समाजवादी मोर्चा, नेपालको पहिलो बैठक बसिरहेकाे छ।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका शीर्षक नेताहरू सहभागी छन्।

बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2023-07-08 16:44:00

प्रतिकृया दिनुहोस्