कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत करार अध्यापक तथा प्राध्यापकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्।
जेष्ठ १४ गते सम्पूर्ण करार अध्यापक, प्राध्यापकहरु स्थायी हुनुपर्ने माग राखी चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले पूर्व घोषित कार्यक्रमअनुसार पेन डाउन गरेको जनाएका छन्।
आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले पदाधिकारीको कार्यकक्षमा तालाबन्दीसहित आकस्मिक बाहेकका सेवा र शैक्षिक गतिविधिमा संलग्न नहुने गरी पेन डाउन को घोषणा गरेका छन्।
जेष्ठ १४ देखि असार १५ गतेसम्म सहकुलपति तथा शिक्षामन्त्री र कुलपति तथा प्रधानमन्त्रीको कार्यालय लगाएत अन्य सम्बधित निकायमा आफ्ना मागहरु बुझाए पनि सुनुवाइ नभएको अध्यापक तथा प्रध्यापक संघर्ष समितिका संयोजक सह-प्राध्यापक डाक्टर राम जीवन प्रसादले बताए।
उनले भने, 'पूर्वघोषित कार्यक्रम अनुसार पेन डाउन गरेर आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छाैं।'