नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सचिव पदका लागि भवनाथ हुमागाईंले उम्मेदवारी घोषणा गरेका छन्। यही असार ३० गते हुने इक्यानको निर्वाचनका लागि उनले सोमबार उम्मेदवारी घोषणा गरेका हुन्।
विशेषगरी जापान पढ्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको ‘सक्सेस एर्वोड स्टडी’का सञ्चालकसमेत रहेका हुमागाईं लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रका सक्रिय व्यवसायी हुन्।
इक्यानको नवौं अधिवेशनअन्तर्गत हुने निर्वाचनमा हुमागाईंले आफूलाई सचिव पदका लागि सशक्त उम्मेदवारको रुपमा खडा गरेका छन्। उनी इक्यानको वर्तमान कार्यसमिति सदस्यसमेत हुन्।
हुमागाईंले इक्यानको एक वर्ष जापान विभाग पनि सम्हालेका थिए। उक्त अवधिमा जापानमा विद्यार्थी पठाउँदा आइपरेका समस्या समाधानको लागि उनले मुख्य भूमिका निर्वाह गरेका थिए। यतिमात्र नभई शिक्षा मन्त्रालयले नो अब्जेक्सन लेटर (एओसी) मा लागू गर्न खोजेको नयाँ प्रावधान खारेजी गर्न पनि हुमागाईंले अग्रपंक्तिमा रहेर सहजीकरणमा भूमिका खेलेका थिए।
हुमागाईंको सक्रियतापूर्ण गतिविधिले पारेको प्रभाव र आएको रिजल्टलाई इक्यान कार्यसमिति र व्यवसायीहरुले समेत प्रशंसा गर्ने गरेका छन्। उनी इक्यानको अतिरिक्त क्रियाकलाप विभाग (इसिए) प्रमुख पनि हुन्।
सरल र मिजासिलो स्वभावका हुमागाईंले व्यवसायीहरुको साथ समर्थन र सहयोगले नै इक्यानको सचिवमा उम्मेदवारी घोषणा गरेको बताए।
आफ्नोतर्फबाट व्यवसायीहरुको हकहित र पेशागत सुरक्षाको लागि जस्तोसुकै परिस्थितिमा पनि खट्ने प्रतिबद्धता व्यक्त गर्दै सचिवमा विजयी गराउन उनले इक्यानका सदस्यहरुलाई आग्रह गरे।