भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो।

यहाँका नौ स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिकरूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-07-11 06:44:00

प्रतिकृया दिनुहोस्