अज्ञात समूहद्वारा अटो आगजनी

जुम्लाको गुठीचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएको अटोमा अज्ञात समूहद्वारा आगजनी भएको छ।

बालुमा पार्किङ गरिएको अटोमा अज्ञात समूहले आगजनी गरेको धवलमुडी प्रहरी चौकीका इन्चार्ज ऐरले जानकारी दिए।

अटो पुर्णरुपमा जलेर नष्ट भईसकेको छ। टिभिएस कम्पनीको क १ ह ५३ नम्वरको अटो आगलागी हुर्दा ६ लाख ५० हजारको क्षेति भएको मालिक कृष्णा अधिकारीले जनाएका छन्।

बुधबार विहान ३ वजेतिर थाहाँ पाएको र प्रहरी आधा घण्टापछि पुगेर आगो नियन्त्रणमा लिएको अधिकारीले बताए।

प्रकाशित मिति: : 2023-07-12 11:00:00

प्रतिकृया दिनुहोस्