ई-क्यानको अध्यक्षका लागि पाण्डेको दाबेदारी

नेपाल शैक्षिक परामर्श संघ (ई-क्यान) को अधिवेशन यही असार ३० गते हुने भएको छ। अधिवेशनले संस्थाको आगामी नीति तथा कार्यक्रमसहित नयाँ नेतृत्व चुन्ने छ।

सोही अधिवेशनबाट नेतृत्वमा आउनका लागि पदाधिकारीलगायत कार्यसमिति सदस्य पदमा धेरै आकांक्षीहरुले आफ्नो उम्मेदवारीको अनौपचारिक घोषणा गरेका छन्।

आगामी नेतृत्वका लागि पहिला पनि अध्यक्ष भइसकेका विष्णुहरि पाण्डेले पनि उम्मेदवारी घोषणा गरेका छन्। उनले सांगठनिक र व्यावसायिक सुधारका मुद्दाहरू अघि सारेका छन्।

‘मैले त्यतिबेला तीन/चार वटा विषयहरुलाई निरन्तर उठाएको थिएँ। एउटा नेपालमा विदेशी लगानी भित्रिनु हुँदैन भन्ने मुद्दा उठाएको थिएँ। त्यो अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। त्यसलाई टुंगोमा पुर्‍याउनुपर्नेछ’, उनले भने, ‘इक्यानको एउटा घर होस्, जहाँ बसेर विभिन्न अनुसन्धानको कामहरु गर्न सकिन्छ। शिक्षा मन्त्रालयसँग नेटवर्किङमा बस्नुपर्ने, निर्देशिकाले पुगेन अब ऐनमा नै यो विषयलाई समावेश गरेर लैजानपर्नेलगायतका मुद्दाहरू छन्।’

प्रकाशित मिति: : 2023-07-12 16:54:00

प्रतिकृया दिनुहोस्