रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ।

गएराति देवाहीगोनाही नगरपालिका-६, कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले प्रहार गरेर हत्या भएको हो।

श्रीमती र छोरीसँग एउटै कोठामा सुतेका जगरनाथलाई अर्को कोठामा लगेर घाँटीमा धारिलो हतियारले प्रहार गरेर अज्ञात समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले जनाएको छ।

हत्या कसले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन। हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-07-14 10:39:00

प्रतिकृया दिनुहोस्