नेपाल भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त भएका छन्।
सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा आर्मीबाट खेलेका उनी कर्तव्य विमुख भएको भन्दै नेपाल भलिबल संघले बर्खास्त गरेको हो।
उनी सहभागी टिम आर्मीका खेलाडीले गत सोमबार दर्शकलाई कुटपिट गरेका थिए।
उक्त घटनापछि गठन भएको पाँच सदस्सीय छानबिन समितिको सिफारिसको आधारमा थापालाई बर्खास्त गरिएको हो।
थापा गत जेठ ३१ गतेमात्रै कप्तान बनेका थिए।