रक्षामन्त्री र युएईका राजदूतबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला अल शाम्सीले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

रक्षा मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-07-17 20:08:00

प्रतिकृया दिनुहोस्