युएई ए ४४ ओभरमा अलआउट, कुशल भर्तेलले लिए ६ विकेट

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको खेलमा युएई ए ले नेपाललाई १ सय ५८ रनको विजयी लक्ष्य दिएको छ।

कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ए ४४ ओभरमा १ सय ५७ रन बनाएर  अलआउट भयो।

युएईका लवप्रित सिंहले ५२, आर्यन्स शर्माले १४, इथान सौजाले १८, अश्वान्त भाल्थापाले १६, जश गिन्यानीले १३ रन बनाए। अन्य खेलाडीले दोहोर अंका जोड्न सकेनन्।

नेपालका कुशल भुर्तेलले ६ विकेट लिए।

त्यस्तै श्याम ढकालले २ तथा कुशल मल्ल र पवन श्राफले १–१ विकेट लिए।

प्रकाशित मिति: : 2023-07-19 13:28:00

प्रतिकृया दिनुहोस्