प्रहरी स्कर्टिङमा काठमाडौँबाट फोहोर बञ्चरेडाँडामा लगिएको छ।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेंसी नगरपालिकाका स्थानीयले अवरोध गरेपछि काठमाडौं महानगरपालिकाले प्रहरी स्कर्टिङमा शुत्रबार फाेहाेर त्यसतर्फ लगेकाे हाे।
सिसडोल र बन्चरेडाँडाका स्थानीयले फोहोर विसर्जन गर्न नदिएपछि यही साउन १ गतेदेखि महानगरपालिकाकाे फोहाेर उठेको थिए।
त्यहाँ स्थानीय बासिन्दाले फोहाेरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका थिए। सरकारले आफ्ना माग पुरा नगरेसम्म अवरोध नहट्ने स्थानीयवासीको दाबी थियाे।