गैर आवसिय नैपाली संघ एनआरएन बेलायतको उपाध्यक्षमा सामाजिक अभियन्ता सुरेश परियारले उम्मेदवारी दिएका छन्।
एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आएका सुरेशले आफूले अझैं योगदान दिनु जरुरी रहेकाले प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
बाग्लुङ गलकोट नगरपालिका मल्मा ७ का सुरेश परियार २००८ देखि बेलायतमा बस्दै आएका छन्। पढाइको सिलसिलामा बेलायत पुगेका सुरेशले मास्टर्स गरेर आफनो कुशल कारोवारहरु गरिरहेका छन्।
युवा, महिला र सामाजिक सेवामा सक्रिय भएर लाग्ने सुरेशले यसभन्दा अघि गैर आवसिय नेपाली संघ एनआरएन बेलायतको एनसिसी सदस्य र एनआरएन युकेको टस्टीको रुपमा दुई वर्ष नेतृत्वमा रहेर कुशल काम गरिसकेका छन्।
उपाध्यक्षको उम्मेद्वारी पछि सुरेशले भने,‘युवा, महिला र सामाजिक सेवामा सक्रिय भएर लाग्न प्रतिवद्धता छ। एनआरएनको आगामी निर्वाचनमा निर्वाचित भएको खण्डमा पनि युवाहरुको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु।’
‘मेरो मुद्दा धेरै छन्, जसमा वंशजको आधारमा नागरिकता र गोर्खाहरुको हकअधिकारको मुद्दा, एक पटकको नेपाली सधैको नेपाली, स्टुडेन्ट भिसामा आउनु भएकाहरुको समस्याको मुद्दा पनि हो, एनआरएन युकेको सदस्यहरुलाई डिजिटलाइज गर्ने, नेपाल हाउसको लागि फर्दर प्रोसेसहरु अघि बढाउने, आफनो कला संस्कृतिलाई बचाइ राख्ने र बेलायतमा एउटा नेपाली स्कुल स्थापना गर्ने सुरेशको मुख्य एजेण्डा छ।
‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफूलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु’ सुरेशले भने।
नेपालमा मेरो पढाईको सिलसिलामा जुनियर रेडक्रस कास्कीमा काम गरेको र पछि युवा रेडक्रमस कास्कीमा अध्यक्षको रुपमा काम गरेको सुरेशले बताए।
युकेमा गएर पनि विभिन्न संस्थाहरुमा बसेर काम गरेको सुरेशले जानकारी दिए। नेपाली समाज, वाट फर नेपाली कम्युनिटी, गल्कोट नेपाली समाजमा पनि विभिन्न पदमा बसेर सुरेशले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।
सुरेश भन्छन्,‘मेरो मुख्य मद्दा भनेको आर्थिक पारदर्शिता नै हो। अर्को कुरा भनेको एनआरएन भनेको एउटा अभियान हो, हामी निरन्तर यात्रामा छौं। यो पनि मेरो स्लोगन हो। त्यसैले आर्थिक पारदर्शिता, सामाजिक उत्तरदायित्व, हाम्रो एनआरएन राम्रो एनआरएन मेरो स्लोगन हो।’