कोशी सरकार गठनबारे भोलिदेखि सर्वोच्चमा निरन्तर बहस, विपक्षी कसले के पठाए जवाफ ?

शिलापत्र

कृष्ण बहाब

कोशी प्रदेश सरकार गठनका विरुद्ध परेको रिटमा आइतबार (भोलि) देखि सर्वोच्च अदालतमा निरन्तर बहस हुनेछ । गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै विपक्षी रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्दै साउन ७ देखि निरन्तर बहस गर्ने आदेश गरेको थियो ।

सर्वोच्च अदालतले लिखित जवाफ मागपछि कोशी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिसकेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार विपक्षी बनाइएका तीनै जनाले छुट्टाछुट्टै आफ्नो लिखित जवाफ पेस गरी सकेका छन् ।

प्रकाशित मिति: : 2023-07-22 18:07:00

प्रतिकृया दिनुहोस्