एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुले) सार्वजनिक बसमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग गरेकाे छ।
सरकारले विद्यार्थीलाई दिएकाे सुविधा कार्यान्वयन गर्न माग गर्दै अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएकाे हाे।
गाडी भाडामा यातायात व्यवसायीले विद्यार्थीलाई छुट नदिई मनपरि गरेको हुँदा नियमन गर्न माग गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य विराज भण्डारीले बताए।
'सार्वजनिक यातायातमा ५० प्रतिशत छुट पाउनु हाम्राे अधिकार हाे,' उनले भने, 'देशका अन्य ठाउँमा भाडा छुटको व्यवस्था भएपनि जुम्लामा नहुनु दु:खद पक्ष भएको हुँदा राज्यको ध्यानकर्षण गराएका हाैं।'
लामो दुरीका प्रत्येक ठुला बसमा ३ जना र प्रत्येक साना गाडीमा २ जना विद्यार्थीलाई आईडी कार्ड अनुसार छुट दिनु पर्ने नियम जुम्लामा तत्कालै कार्यान्वयन गर्नुपर्ने उनकाे भनाइ छ।
सार्वजनिक यातायातमा भाडा छुटको व्यवस्था तुरुन्तै कार्यान्वयन नगरिए अनेरास्ववियुले आन्दोलन गर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।
ध्यानकर्षण पत्र बुझै प्रमुख जिल्ला अधिकारी घिमिरेले यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र अन्य सरोकारवालासँग छलफल गरि भाडा निर्धारण तथा छुटका विषयमा निर्णय गर्ने बताए।
'हाल सरकारले पेट्रोलियम पदार्थको मूल्य घटे पनि जुम्लाका यातायात व्यवसायीले भाडा नघटाएकाे देखिन्छ,' उनले भने, 'सार्वजनिक सवारी सधानले असक्त, जेष्ठ नागरिक र विद्यार्थीलाई दिएको छुटलाई कार्यान्वयन गराउने विषयमा हामी पहल गर्नेछौं।'