फिफा महिला विश्वकप: स्विट्जरल्यान्ड र नर्वे बराबरीमा रोकिए

नवौं फिफा महिला विश्वकप फुटबल अन्तर्गत स्विट्जरल्यान्ड र नर्वे बराबरीमा रोकिएको छ।

मगंलबार न्यूजिल्यान्डको वाइकाटोस्थित एफएमजी रंगशालामा भएको खेलमा  स्विट्जरल्यान्ड र नर्वेले गोलरहित अंक बाडेका छन्।

यस बराबरीसँगै स्विट्जरल्यान्ड ४ अंक जोडेर समूह ए को शीर्ष स्थानमा छ भने समान खेलमा १ अंक सहित नर्वे समूहको पुछारमा रहेको छ।

प्रकाशित मिति: : 2023-07-25 16:43:00

प्रतिकृया दिनुहोस्