छ प्रदेशमा बिहानैदेखि वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

फाइल तस्बिर

देशका छ प्रदेशमा बिहानैदेखि हल्ला वर्षा भइरहेको छ। मौसम पुर्वानुमान महाशाखाकाअनुसार कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

देशका विभिन्न ठाउँमा सामान्यतया बदली रहेको भएपनि मधेश प्रदेशमा भने वर्षा भएको छैन। दिउँसोबाट भने देशका विभिन्न ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ। 

दिउँसो कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहिरनेछ।  देशका पहाडी भू–भागका तथा तराईका एक–दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

भारी वर्षाले हुने विभिन्न ठाउँका नदी तटीय क्षेत्रका नागरिकलाई बाढी आउन सक्ने भन्दै सतर्क रहन महाशाखाको आग्रह छ। 

प्रकाशित मिति: : 2023-07-26 07:14:00

प्रतिकृया दिनुहोस्