फिफा महिला विश्वकप: जापानले कोस्टारिकालाई हरायो

जापानले फिफा महिला विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ।

बुधबार न्यूजिल्यान्डको डुनेडिनस्थित फोर्सिथ बार रंगशालामा भएको खेलमा जापानले कोस्टारिकालाई २-० ले हराउँदै दोस्रो जित हात पारेको हो। खेलको २५औँ मिनेटमा  नाओमोटाको गोलले जापानलाई अग्रता दिलाएको हो। त्यस्तै,जापानका लागि फुजिनोले गोल गरेर सफलता दिलाइन्।

पहिलो खेलमा जापानले जाम्बियालाई ५-० ले पराजित  गरेको थियो।

प्रकाशित मिति: : 2023-07-26 13:17:00

प्रतिकृया दिनुहोस्