सय केजी सुन प्रकरणमा प्रतिपक्षको बखेडा, संसद बैठक बस्न ढिलाइ

File Photo
File Photo

सय केजी सुन प्रकरणमा प्रतिपक्ष दलले बखेडा (अनावश्यक कुरा) झिख्दा संसद बैठक बस्न ढिलाइ गरेको छ।

बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी संसद सचिवालयले सूचना जारी गरेको भएपनि सय केजी सुन प्रकरणमा प्रतिपक्ष दलले बखेडा झिकेका छन्। 

सय केजी बढी सुन त्रिभुवन विमानस्थलबाट चेकजाँच भएर कसरी बाहिरियो भन्ने विषयमा गृह मन्त्रालयको संलग्नतालाई लिएर प्रतिपक्ष रास्वपा, एमाले, राप्रपा दलले बखेडा झिकेका हुन्।

रास्वपाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता नै गराएको छ। रास्वपाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सुन प्रकरणमा जवाफ माग गर्ने भएको छ।

यस्तै एमालेले पनि जवाफ माग गर्ने र राप्रपाले पनि जवाफ माग गर्ने भएको छ। सुन प्रकरणका विषयमा दलहरुले संसद कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्दा नै संसद बैठक डेढ घण्टा ढिला भएको संसद सचिवालयका प्रवक्ता एकराज गिरीले बताए।

प्रकाशित मिति: : 2023-07-26 14:38:00

प्रतिकृया दिनुहोस्