सुन तस्करीका मुख्य अभियुक्त समातिएन भने सदनमै आमरण अनशन बस्छु: सांसद शर्मा (भिडियाे)

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई समयमै पक्राउ नगरे सदनभित्रै आमरण अनसन बस्ने घोषणा गरेका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शर्माले तस्करीका भारिया मात्रै पक्राउ परे भने संसद् भवनभित्रै आमरण अनसन बस्ने घोषणा गरेका हुन्।

'दुई छाक भात खान नपाएर सडकमा  रूँदै कराउँदै हिँडेका नेपालीहरूले उनीहरूकाे आँखा अपिल गरिरहेको विषय हो। काठमाडौं विमानस्थलबाट क्विन्टलका क्विन्टल खर्बाैँ रूपैयाँकाे सुन आउँदाखेरि मुख्य अभियुक्तलाई पक्डन नसक्नु भनेको हामी सबै त्यो दोषको भारिदार हुन्छौं‚' शर्माले भने, 'यो चिजलाई गुमचुम पारेर त्यो गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले फेरि त्यही भुजेललाई मात्रै  समातेर मुख्य नाइकेलाई नपक्रेर बस्छु भन्ने साेच्नुभएकाे भने म  यो सदनमा घोषणा गर्न चाहन्छु, प्रधानमन्त्रीको आगमन पछाडि उहाँहरुले पक्राउ गर्नुभएन भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु।’

प्रकाशित मिति: : 2023-07-26 16:28:00

प्रतिकृया दिनुहोस्