कास्की जिल्लाको ऐतिहासिक गाँउ सिक्लेस र पार्चेबाट पोखरा आई बसोबास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराको स्थापना दिवस, ३८ औं वार्षिक साधारणसभा, १३ औं अधिवेशन तथा नवनिर्मित बहुउद्धेश्यीय ट्रसको बुधवार उद्घाटन गरिएको छ।
विसं.२०४२ साल साउन १० गते स्थापित समाजको स्थापना दिवस, वार्षिकसाधारणसभा, अधिवेशन साथै ट्रसको पुर्वमन्त्री एवम गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ(श्याम)ले उद्घाटन गरेका हुन्।
प्रदेश सभा सदस्य गुरुङको निर्वाचन क्षेत्र, सामाजिक विकास कार्यक्रम २०७९-०८० अन्र्तगत विनियोजित २० लाख रुपैया र चिउली पाचे तमु समाजबाट ७ लाख १९ हजार गरी कुल २७ लाख १९ हजार लागतमा निर्मित व्याडमिण्टन कोर्ट ट्रसको उद्घाटन गर्दै सिक्लेसीहरुलाई गाउँ फर्कन आव्हान गरे।
सिक्लेस विश्वभर चिन्ने गाँउ, तमुहरुको पहिचान, गुरुहरु घर एवम आफैमा ब्राण्ड हो गाँउलाई हरभरा बनाउन सके कोही विदेशिन नपर्ने उनको भनाई थियो।
पैसा मात्र होइन स्वाभिमानका साथ आफ्नो गाँउको विकास, गाँउमै आयआर्जन, युवालाई रोजगार दिनसक्छौं भन्दै मौलिकता बोकेको गाँउहरुबाट मान्छे पलायनले मौलिकता, पहिचान, भाषा, कला, सँस्कृतिक सबै लोप हुदै जाने भएकाले जनसंख्या एवम जनशक्तिको धेरै महत्व भएकाले तमुहरुले सल्लाह गरौं,गाँउ फर्को उनको भर्ना थियो।
उनले आफुले गरेको प्रतिवद्धता सम्झिरहेको, हाललाई कोशेली रुपमा मात्र केही रहक विनियोजन गरेको भन्नुहुदै आफ्नो प्राथमिकता गाँउको विकास नै भएकोमा जोड दिए।
सिक्लेस, ताङतिङ लगायतका गाँउहरुमा पिच सडक जसरी पनि पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै मादी वडा नं.१ र २ को सिमाको विषय छिट्टै समाधान हुने बताए।
मादी गाँउपालिका अध्यक्ष देवी जंग गुरुङले शुभकामना व्यक्त गर्नुहुदै विकास जति गाँउतिर, गाँउहरु रित्तिदै गएको भन्दै दुखेसो व्यक्त गरे। हालको जनणनाले मादी गाँउपालिकाबाट दश वर्षमा ७ हजार भन्दा बढी जनसंख्या घटेकाले बजेट पनि घटेको, विद्यालयहरु न्युन विद्यार्थी रहेको, गााउमा जन्ती, मलामी पनि नपाएन अवस्था आएको भन्दै गाँउ फर्कन उहाँको पनि आग्रह थियो।
उनले मादी गाँउपालिकाको गौरबको योजनाका बारेमा जानकारइ गराउनुहुदै सेवा ग्राहीलाई पोखरामै झरेर पनि नियमित सेवा प्रदान गरिरहेको र वडाअध्यक्षहरुले पनि त्यसरी नै सेवा पुर्याइरहेको बताउनुभयो। चिउलीपाचे तमु समाजलाई ५ लाख रुपैया वजेट छुट्याउने भन्दै मादी १ र २ को सिमाको विषयमा अहिले वडादेखि प्रतिनिधिसभासम्म त्यही क्षेत्रका जनप्रतिनिधीहरु भएकाले टुङ्ग्याउने दावी गर्दै अहिले नटुङ्गिए कहिल्यै नटुङ्गिने बताए।
कार्यक्रममा सम्मानित मादी गाँउपालिका उपाध्यक्ष कल्पना गुरुङले शुभकामना व्यक्त गर्दै गाँउपालिकाले यसैवर्षबाट वडा १ र २ मा मातृभाषा गुरुङ भाषामा पठनपाठन शुरु गर्ने, पोखरामा महिनाको अन्तिम हप्ता गाँउपालिकाले नियमित घुम्ती शिविर राख्ने, विदुर भक्ता दिने, पुर्ण अपाङ्गको सुसारेलाई मासिक १ हजार भक्ता दिने, जेष्ठ नागरिक, सुत्केरी, अपाङ्ग लाई एकतर्फी वर्षमा ३ पटकसम्म निशुल्क एम्बुलेन्स सेवा दिने, पालिकाका विद्यार्थीहरुलाई पालिका भित्रै १० जोड २ निशुल्क शिक्षा प्रदान लगायतको सेवा सुविधा दिने बताए। उनले पनि वडा नं.१ र २ को सिमा विषयमा छिट्टै टुंगोमा पुग्ने बताए।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै नेपालमा संघीयताकै कारण चिउली पाचे तमु समाजले पटक पटक योजना, गाँउहरुमा विकास भईरहेको बताए।
मुलुकमा संघीयता नआएको भए सबैको पहुँच सिंहदरबारमा पुग्ने थिएन, विकास गाँउमा नपुग्ने भन्दै तमुहरुले पनि राजनीतिक बुझ्ने र नेतृत्व लिनुपर्ने बताए।
उनले सिक्लेस गाँउ तमुहरुको शान, मान र पहिचान हो, सिक्लेस इतिहास, वर्तमान र आगामी समयका लागि सबैको उदाहरणीय गाउँका साथ समाज पनि भएको बताए।
मादी गाँउपालिका वडा नं.१ का वडाध्यक्ष देवी जंग गुरुङले शुभकामना व्यक्त घर घरमा पुगी र पोखरामा चिउली पार्चे तमु समाजबाट दुइदुइ महिनामा नियमित सेवा प्रदान गर्दै आइरहेको बताए।
उनले आफ्नो वडाले राजश्व बृद्धि, मृतकहरुको नाममा जम्मा भएको ७० लाख बृद्ध भक्ता नेपाल सरकारलाई फिर्ता पठाएको, मादी १ र २ मा गुरुङ भाषामा पठन पाठनका लागि कार्यपालिकाबाट निर्णय गरिएको, दुइ वडा विचको सिमाका बारेमा असमझदारीलाई समझदारीमा पुर्याइने बताए।
समाजका अध्यक्ष क्या.सम्सेर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खाली रेडियोका स्टेशन मेनेजर खिमा गुरुङ, सल्लाहकार ङ्याए तमु धिं का पुर्व अध्यक्ष जंगबहादुर गुरुङ, खिलाङ गुरुङ समाजका हेमबहादुर गुरुङ, पुरस्कृत विद्यार्थी निशा गुरुङ, सिक्लेस पार्चे समाज युकेका पुर्व अध्यक्ष कोलप्रसाद गुरुङ, आमा समिति अध्यक्ष लोककुमारी गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न शिक्षा अक्षयकोषबाट एसइइ उत्कृष्ठ विद्यार्थीहरु जेसिका गुरुङ र फलेन्द्र गुरुङ, उत्कृष्ठ अंकसहित १० जोड २ उतिर्ण सजल गुरुङ र निलिमा गुरुङ, उच्च शिक्षा हासिल गरेका निशा गुरुङ र कुशल गुरुङलाई बधाई तथा पुरस्कृत गरिएको थियो । यसरी नै शिक्षा अक्षयकोषका लागि शिक्षिका मनकुमारी गुरुङले १ लाख ५ रुपैया, स्व.खुमाया गुरुङ आमाको स्मृतिमा छोरा गमबहादुर गुरुङ, छोरी खासामाया गुरुङ लगायत परिवारबाट १ लाख ५ रुपैयाको हस्तान्तरण गरिएको थियो भने विभिन्न सहयोगीहरुले समाज र आमा समितिलाई सहयोग हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रममा चिउली पाचे तमु समाज आमा समितिले निवर्तमान आमा समिति कर्णेलनी पदमशोभा गुरुङको अध्यक्षतामा रहेको कार्यसमितिलाई सम्मान गरेको थियो भने समाजले नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो।
समाजका सचिव एकप्रसाद गुरुङले संचालन र उपाध्यक्ष क्या.लोककृष्ण गुरुङले स्वागत गरेको कार्यक्रममा समाजका कलाकारहरुलाई मौलिक नृत्यहरु प्रस्तुति गरेका थिए।
यसै बिच चिउली पाचे तमु समाज पोखराको १३ औं अधिवेशनले पुनः क्या.सम्सेर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समाजको उपाध्यक्षमा क्या. लोक कृष्ण गुरुङ, सचिवमा सु.कर्णबहादुर गुरुङ, कोषाध्यक्षमा सु.पमबहादुर गुरुङ, सहसचिवमा उमरसुबा गुरुङ, सहकोषाध्यक्षमा मेनसुबा गुरुङ चयन भएका छन्।
यसरी नै सदस्यहरुमा बीरबहादुर गुरुङ, एकप्रसाद गुरुङ, सुबेदार मेजर जित बहादुर गुरुङ, पेउबहदुर गुरुङ, सु.बेलबहादुर गुरुङ, खुशीमान गुरुङ, क्या. फौदा सिं गुरुङ, क्या. ईमान सिं गुरुङ, मिन बहादुर गुरुङ, सु.खमन बहादुर गुरुङ, ना.सु.खम्बासिँ गुरुङ, हुमन सिं गुरुङ र सिता गुरुङ निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक जंगबहादुर गुरुङले जानकारी दिए।