जुम्लाकाे तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईंले जन्मदिन मनाउँदा उठेकाे दक्षिनाबाट विपन्न नागरिकलाई राहत वितरण गरेका छन्।
साउन १० गते परेकाे जन्मदिन मनाउने क्रममा पालिकाका कर्मचारीले टिका लगाएर दिएकाे दक्षिनाले अति विपन्न नागरिकलाई राहत बाँडिएकाे अध्यक्ष चाैलागाईंले बताए। 'पालिकाका साथीहरुले मेराे जन्मदिनको आफै मनाईदिनु भयाे। दक्षिना पनि उठ्याे,' उनले भने, 'दक्षिणाबाट आठ हजार रकम जम्मा भयाे। त्यसमा केही थपेर पालिकाका विपन्न नागरिकलाई एक एक प्याक चामल वितरण गरिएकाे हाे।'
आठ वटा वडा रहेकाे तातोपानीकाे हरेक वडाका वडा अध्यक्षकाे सिफारिसमा एकएक जना अति विपन्न नागरिकलाई राहत दिइएकाे हाे। राहत पाउनेमा धौलो दमाई, चेरचेरे दमाई, लाउरी रावत, गोइली कामी, फाँचु दमाई, हरी प्रसाद न्यौपाने, नरेन्द्र रावत र मान बहादुर कुँवर रहेका छन्।