फिफा महिला विश्वकप : नाइजेरियाद्वारा आयोजक अस्ट्रेलिया ३-२ ले स्तब्ध

बिएल संवाददाता

ब्रिजबेन, अस्ट्रलिया

फिफा महिला विश्वकपअन्तर्गत नाइजेरिया र अस्ट्रेलियाबीच भएको खेलमा नाइरेजेरियाले ३-२ को जीत निकाल्दै आयोजक अस्ट्रेलियालाई स्तव्ध पारेको छ । समूह बी अन्तर्गत ब्रिजबेनमा खेलिएको खेलमा यो जीतसँगै नाइजेरिया समूहको शीर्षस्थानमा पुगेको छ भने अस्ट्रेलिया तेस्रो स्थानमा ओर्लदा अघिल्लो चरणमा प्रवेश गर्न थप संघर्ष गर्नुपरेको छ । समूह चरण अन्तर्गत मेलबर्नमा क्यानाडाविरूद्ध खेलिने अन्तिम खेलमा उसले ठूलो जीत निकाल्नुपर्ने हुन्छ । अस्ट्रेलियाको ३ अंक छ भने नाइजेरिया र क्यानाडाकाो समान ४ अंक रहेको छ । हरेक समुहबाट शीर्ष स्थानमा रहेका दुई टीम मा्र अघिल्लो चरणमा पुग्नेछन् ।

फस्ट हाफको अतिरिक्त समयमा अस्ट्रियाको भ्यान गार्डले गलो गरेर अस्ट्रियाका लागि गोलको खाता खोले पनि त्यो अग्रता अरू पाँ मिनेटसम्म मात्र कायम रह्यो । ५१औै  मिनेटमा नाइजेरियाकी कानूले गोल गर्दै खेल बराबरीमा ल्याइन् । यसरी हाफ टाइमसम्म १-१को बराबरीमा रहेको खेलको दोस्रो हाफको ६५ औं र ७२औं मिनेटमा नाइजेरियाले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्यायो  । त्यसपछिको ९० मिनेटको नियमित समयमा कुनै गोल नहुँदा नाइजेरिया जीतको नजिक पुगिसकेको थियो । अतिरिक्त समयको १०औै मिनेटमा अस्ट्रेलियाकी केनेडीले गोल गरे पनि जीतका लागि त्यो पर्याप्त भएन । 

फिफा बरियतामा ४८औं स्थानमा रहेको नाइजेरियाले १२औं स्थानमा रहेको आयोजक अस्ट्रेलियालाई हराएर अस्ट्रेलिया दर्शलाई निराश बनाइदिए । अस्ट्रेलिया र नाइजेरियाले हाराहारीमा उस्तै खेल खेले पनि नाइजेरियाकी कप्तानसमेत रहेकी गोल किपर अस्ट्रेलियाका लागि भारी भइन् । उनले अस्ट्रियायी खेलाडीका दर्जनोै प्रहारलाई असफल बनाएकी थिइन् ।  

प्रकाशित मिति: : 2023-07-27 17:51:00

प्रतिकृया दिनुहोस्