मलेसियामा अलपत्र नेपाली स्वदेश फर्काउन एमालेले हवाइ टिकट उपलब्ध गराउने

बिएल संवाददाता

क्वालालम्पुर

प्रवासी नेपाली मञ्च मलेसियाले समस्यामा परेका श्रमिकलाई स्वदेश फर्काउन हवाइ टिकट उपलब्ध गराउने जनाएको छ।

मलेसियामा अलपत्र परेका नेपालीको स्वेदश फिर्ता गराउनका लागि वार्षिक ६० वटा हवाइ टिकट उपलब्ध गराउन लागिएको मञ्चका अध्यक्ष दयराम कुमालले बताए।

प्रवासी मञ्च नेकपा एमालेको प्रवास विभाग संगठन हो। गैरआवासीयन नेपाली संघ (एनआरएनए) मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनमा कुमालले वार्षिक एकतर्फी ६० वटा हवाइ टिकट मञ्चले सहयोग गर्ने घोषणा गरेका हुन्।

नेपाली दूतावास र एनआरएनएसँग समन्वय गरेर टिकट उपलब्ध गराउने उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-07-30 12:33:00

प्रतिकृया दिनुहोस्