सुनसरीमा एक सातामा डेंगी संक्रमणबाट ८ जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सुनसरीमा डेंगीको कारण एक साता (साउन ७ देखि १४) मा ८ जनाको मृत्यु भएको छ।

डेंगी संक्रमणबाट यही साउन महिनामा मात्रै ८ जनाको मृत्यु भएको हो। त्यस्तै हालसम्म २ हजार ३ सय ५३ जनामा डेंगी संक्रमण भएको पुष्टी भएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक ठुलो संख्यामा डेंगी संक्रमण पुष्टि भइरहेको छ। १ सय ५० शय्याको प्रतिष्ठानमा अहिले बिरामी नअटेर त्यस आसपासका क्लिनिकहरुमा बिरामी भर्ना गरिएको उनले बताए ।

प्रकाशित मिति: : 2023-07-30 19:56:00

प्रतिकृया दिनुहोस्