एनआरएनए युवा उपाध्यक्ष राज रेग्मीद्वारा आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनसिसी)को एघारौँ विश्व सम्मेलनमा कतारका सफल व्यवसायी एवं एनआरएनए युवा उपाध्यक्ष राज रेग्मीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्। एनआरएनए मलेसियाको अधिवेसनमा सहभागी भएपछि रेग्मीले पत्रकारहरुलाई उक्त जानकारी गराएका हुन्।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहँदै आएका रेग्मीले आइसीसी मध्यपूर्व युवा संयोजक, विभिन्न टास्कफोर्सको संयोजक पद र युवा उपाध्यक्षमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन्। सरल र मिजासिलो स्वभावका रेग्मी एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियन्ताका रूपमा चिनिन्छन।

विश्वमा सबैभन्दा ठुलो नेपाली संजालमा फैलिएको एनआरएनएलाई संस्थागत विकास र संस्थाको मर्म तथा भावना अनुरुप व्यक्तित्व विकाससमेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपालप्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडि बढाउन जोड दिने रेग्मीले बताए।

उनले नेपालको समृद्धि र विकासमा सामूहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न तत्पर रहेको बताए। प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो संस्था हो भन्ने बनाउन आवश्यक रहेको छ। सबैलाई समेटन अझै हामीले पहल गर्न बाँकी नै रहेको हुँदा यो अभियानलाई सार्थकता दिन सामूहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोगका लागी रेग्मीले अपिल गरेका छन।

अहिले एनआरएनको आगामी ११औं महाधिवेशन नजिकिँदै गर्दा निर्वाचनको माहेल तात्न थालेको छ। अहिले बिभिन्न देशबाट आइसीसीको आगामी अधिवेसनमा आउन चाहनेहरुले उम्मेदवारी दिने क्रम बढ्दो छ।

मध्यपूर्व युवा संयोजक हुँदा र आइसीसी युवा उपाध्यक्ष रहँदा कुशलताका साथ आफ्नो जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा सर्वत्र चुलिएको छ।

एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथी-भाइको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको रेग्मीले बताए। आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छाअनुसार आफूले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिएको रेग्मीले बताए। उनले अब युवा उपाध्यक्षपछि आफू जाने ठाउँ नै उपाध्यक्ष भएकोले उम्मेदवारी दिने बताए।

एनआरएनए मध्यपूर्व युवा संयोजक, युवा उपाध्यक्ष तथा विभिन्न संघ संस्थामा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए।

एनआरएन अभियानमा उदयमान तथा ऊर्जाशील स्वभावका रेग्मी सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा सम्भावना बोकेका नेताको रुपमा परिचित छन। एनआरएनए उपाध्यक्षका लागि सर्वसम्मतबाट सहमति बटुल्ने कोसिस गरेका रेग्मी सबैको रोजाइमा पहिलो नम्बरमा रहेका छन।

कतार तथा नेपालमा सामाजिक कार्यका लागि अग्रस्थानमा रहेर कार्य गर्दै आएका रेग्मी सबै नेपालीका लागि आँखाको नानीजस्तै रहँदै आएका छन। एनआरएन अभियानमा रेग्मीको उपस्थितिलाई विश्वभरका नेपाली समुदायले उदाउँदो ताराका रुपमा अन्तरआत्मादेखि स्वागत गरिरहेका छन।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनीय, पारदर्शी र सहभागितामूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आइसीसी उपाध्यक्षका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने क्षमता रेग्मीसँग रहेको
छ।

रेग्मी युवा संयोजक रहँदा विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर आफ्नै खर्चमा ग्लोबल एनआरएन सिंगिङ आइडलको आयोजना गरेर दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक संपन्न गरेपछि उनको चर्चा विश्वभर फैलिएको छ। मध्यपूर्व र विश्वमा रहेका युवाहरुलाई टेवा पुर्‍याउने उद्देश्यले युवालाई लक्षित गरी विभिन्न कार्यक्रमहरु प्रभावकारी ढंगबाट ल्याउने रेग्मीको योजना रहेको छ।

रेग्मीले आजको दिनसम्म आइपुग्दा विश्वमा रहेका गैरआवासीय नेपालीहरुको माया, साथ, शुभेच्छा र समर्थनले हालसम्मको सफलता प्राप्त गरेको जनाउँदै आइसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनका लागि सबै गैरआवासीय नेपालीलाई अनुरोध गरेका छन। रेग्मीले आफू उपाध्यक्षमा आएमा नेपाली डायस्पोरा र युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनएमार्फत् रोजगार सिर्जना गर्ने र उपलब्धीमुलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने बताउँछन।

उनले आम नेपालीले सोचेको सुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका लागि उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामूहिक लगानीमा सबैको सानो सानो पुँजी समेटेर देश विकासमा लगानी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

रेग्मीले विदेशमा सिकेको र आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने जनाउँदै विदेशमा विभिन्न पेशा तथा क्षेत्रमा रहेका नेपालीहरुलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरै युवाहरुलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउँदै युवा र प्रवासकेन्द्रित कार्यक्रमहरु संचालन गर्ने बताए।

उनले सुरक्षित वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै रहेको तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी भएको बताए। स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने बताए।  युवा उपाध्यक्षका उम्मेदवार रेग्मीले वैदेशिक रोजगार तथा अध्यनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरुको समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गरी समस्यामा परेका नेपालीलाई सहयोग गर्ने बताए।

हालसम्म आगामी नेतृत्वका लागि आरके शर्मा, महेश श्रेष्ठ, बद्री केसी, केशव पौडेल र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन।

रेग्मीको हालका प्रतिबद्धताहरु निम्न रहेका छन :

१. नेपालको संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न उत्पादनमूलक क्षेत्रमा सामुहिक लगानी।

२. युवा स्वरोजगारहरुको क्षमता अभिवृद्धि र उपलब्धिमुलक नव–प्रवर्द्धनका क्षेत्रमा प्रवासी नेपालीहरुको सामूहिक लगानी।

३. विदेशमा सिकेको सीप र ज्ञानको उचित सदुपयोगमार्फत स्वदेशमै युवा रोजगार सिर्जना।

४. विभिन्न पेसा र क्षेत्रका युवाहरुलाई प्रोत्साहन गर्दै उद्यमतर्फ आकर्षित गर्ने योजना।

५. सुरक्षित र मर्यादित रोजगारीको वातावरण , रोजगारीमा आउनेहरुको लागि श्रम सहजीकरणलगायत तालिम, अभिमुखिकरण र लगानीमा सहुलियत र अनुदान।

६. मध्यपूर्व एसियालगायत अन्य देशमा रोजगार र अध्ययनमा रहेका नेपालीहरुको लागि छुट्टै राहत कोष स्थापना।

७. सबैको अपनत्व हुनेगरी सबै वर्ग र क्षेत्रका सबै नेपालीहरु समेटिने , विधान र पद्धतिमा चल्ने, निस्वार्थ र गैरनाफामुलक र गैरराजनीतिमुलक संंस्थाका रुपमा एनआरएनएलाई अगाडि बढाउने।

यी लगायत रेग्मीले थप प्रतिबद्धताहरुसहित छिट्टै आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने बताएका छन।


कतारमा एक ‘राज’


 

प्रकाशित मिति: : 2023-08-05 13:22:00

प्रतिकृया दिनुहोस्