डोल्पामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते, दुईको अवस्था जटिल

हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं. अन्तर्गत पर्ने मोतिपुरमा रा १ त. ३५७८  नंम्बरको ट्याक्टर दुर्घटना भएको छ।

यसै नगरपालिकाको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका सात जनालाई उपचारका लागि जिल्ला अस्पताल दुनैमा लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंले जानकारी दिए। त्यसमध्ये दुई जनाको अवस्था तुलनात्मक रुपमा जटिल भएको चापागाईंले बताए।

घाइते हुनेमा त्रिपुरासुन्दरी ना.पा. ३ बस्ने वर्ष २१ सुरज बोहरा, ठुलिभेरी ना.पा. ०८ बस्ने बर्ष ३० दिपेन्द्र शाही, रुकुम पश्चिम आठबिस्कोट ना.पा. १० बस्ने बर्ष ३३ को भुपेन्द्र छत्याल सोही ठेगानाका बर्ष २२ को रोशन घर्ती,बर्ष १८ का कमल थापा,जाजरकोट जिल्ला नलगाड ना.पा. १० बस्ने बर्ष १८ को सन्दिप रसाईली र सोही ठेगानाका बर्ष २२ का दिनेश बि।क। रहेका छन्।

सुरज बोहराले चलाएको ट्याक्टर सडकबाट झन्डै बीस मीटर खसेको प्रहरीले जनाएको छ। चालक बोहोराले भित्तिमा अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेर ट्याक्टर चलाएको कारण दुर्घटना भएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-05 20:02:00

प्रतिकृया दिनुहोस्