२१औँ वर्षमा इन्फोडेभ्लोपर्स्, विश्वस्तरीय बैंकिङ सोलुसन बन्ने लक्ष्यसहित निरन्तर अघि बढ्दै

नेपालको उत्कृष्ट सफ्टवेयर कम्पनी ‘इन्फोडेभ्लोपर्स’ले २१औँ वार्षिकोत्सव मनाएको छ।

नेपालका सहकारी, लघुवित्त तथा सम्पूर्ण वित्तिय कम्पनीहरुलाई डिजिटल युगमा लैजान महत्वपूर्ण भूमिका खेल्दै आइरहेको इन्फोडेभ्लोपर्सले गत शुक्रबार आफ्नो २१औँ वार्षिकत्सव मनाएको हो।

कम्पनीले २० वर्ष पूरा गरेर २१ वर्षमा प्रवेश गर्दासम्म साथ, सहयोग र हौसला प्रदान गर्ने सबैलाई कम्पनीका कार्यकारी अधिकृत (सिइओ) उमेश रघुवंशीले धन्यवाद दिए।

दुई दशकअघि एउटा सानो कोठाबाट सुरु भएको डेभ्लोपर्सले अहिले आफ्नै विशाल भवनबाट लाखौँ मानिसलाई सेवा प्रदान गर्दै आइरहेको छ।

डेभ्लोपर्सका हाल आठ वटा पोडक्ट बजारमा छन्, मोबाइल बैंकिङ सेवा, इन्फो ट्याब (ब्रान्चलेस बैंकिङ), वित्तीय सेवा, इन्फिनिटी, एमडबली, इम्पावर, वेल्थ प्रो। यिनै प्रोडक्टमार्फत् डेभ्लोपर्सले देशलाई प्रविधिमैत्री बनाउने काम गरिरहेको छ।

कम्पनीले बनाएका सफ्टवेयर सहकारी, लघुवित्त, पुँजी बजार, बैंकलगायत क्षेत्रमा प्रयोग भइरहेको छन्।

१३ सय सहकारी, १२ लघुवित्त, ३ वाणिज्य बैंक, सबै विकास बैंक, ९५ प्रतिशत फाइनान्स कम्पनी र पूँजी बजारलगायतका कम्पनीमा इन्फोडेभ्लपर्सका सफ्टवेयर प्रयोग भइरहेका छन्।

नेपालसँगै भारत, भुटान र अमेरिकाबाट सेवा दिँदै आएको कम्पनीले साढे तीन सय बढीलाई रोजगार दिएको छ।

डेभ्लोपर्सलाई विश्वस्तरीय बैंकिङ सोलुसनको रुपमा विकास गर्ने योजनासहित काम भइरहेको सिइओ रघुवंशीले बताए।

प्रकाशित मिति: : 2023-08-08 09:52:00

प्रतिकृया दिनुहोस्