त्रिपुरासुन्दरी मन्दिर ताेतफाेड घटनाकाे अनुसन्धानमा सुरक्षाकर्मी थप,बिदामा बसेका सई झिकाइयाे

डाेल्पाकाे प्रशिद्व वाला त्रिपुरासुन्दरी मन्दिरमा साेह्रवटा सिँडि ताेडफाेड घटनाको अनुसन्धानलाई थप पेचिलाे बनाइएको छ।

लगातार दाेस्राे पटक श्रृङखलाबद्व रुपमा भएकाे मन्दिर ताेडफाेडमा संलग्न दाेषि पत्ता लगाउनका लागि थप सुरक्षा परिचालन गरिएको हाे।प्रशिद्व मन्दिरमा अराजक तत्वले श्रृङखलाबद्व रुपमा प्रहार गरिरहेकाले यथाशीघ्र दाेषि पत्ता लगाएर कारवाही गर्न पुजारीहरुले माग गरेका छन्।  घटनालाई गहिराहीमा पुगेर अनुसन्धान गर्न बिदामा बसेका प्रहरी चाैकी त्रिपुराकाेटका इन्चार्ज तथा प्रहरी नायव निरीक्षक रुद्र बहादुर शाहीलाई बिदा नसकिँदै फिर्ता बाेलाइएकाे छ।

अहिले मन्दिर प्रवेश गर्ने दुइवटा गेटमा प्रहरी खटाएर मन्दिर प्रवेश गर्ने सम्पूर्ण व्यक्तिकाे नाम,ठेगाना समेत टिप्न सुरु गरिएको प्रहरी नायव निरीक्षक शाहीले बताए। यस बाहेक अन्य माध्यमबाट पनि अनुसन्धान भइरहेकाले छिट्टै दाेषि पत्ता लाग्नेमा आशा रहेकाे उनकाे भनाइ छ।एकसाता अघि खप्तड बाबा पदमार्गकाे एक हजार आठ सिँडि मध्ये साेह्र वटा सिँडि हताैडा प्रयाेग गरि फुटाइएकाे थियाे।

प्रकाशित मिति: : 2023-08-10 16:00:00

प्रतिकृया दिनुहोस्