आयोजक राष्ट्र अस्ट्रेलिया फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार व्रिसबन रगंशालमा भएको खेलमा अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा ७-६ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। आज भएको सो खेलमा निर्धारित समयमा गोल नभएपछि खेललाई अतिरिक्त समयमा लागिएको थियो। थप अतिरिक्त समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो। यता टाइब्रेकरमा पनि गोल हुन नसकेपछि अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा पराजय गरेको हो।
यसअघि स्पेन र स्विडेनले सेमिफाइनलको यात्रा तय गरिसकेका छन्।