संघीय शिक्षा ऐनमा शिक्षकका अधिकार स्थापित गराउन महासंघकाे धर्ना

संघीय शिक्षा ऐनमा शिक्षक र विद्यालय कर्मचारीका हक स्थापित गराउन शिक्षक महासंघ जुम्लाले धर्ना थालेकाे छ।

शिक्षकको उत्साह, अभिप्रेरणा र सन्तुष्टिका लागि राज्यले यथेष्ट प्रयत्न गर्नुपर्ने भन्दै देशैभरि धर्ना थालिएकाे शिक्षक महासंघ जुम्लाका अध्यक्ष हर्क महतले जानकारी दिए।

'अहिले शिक्षकलाई पेशाप्रति निरुत्साहित गरिएकाे छ। श्रम बजारमा आईकामध्ये उत्कृष्ट जनशक्तिले शिक्षण पेसालाई प्राथकिमताको पेसामा राख्ने वातावरण सरकारले तयार गर्न सकेकाे छैन,' उनले भने, 'नयाँ संघीय शिक्षा ऐनमा शिक्षण पेशा उत्कृष्ट जनशक्तिको राेजाइमा पर्ने वातावरण बनाउने हाम्राे संघर्ष केन्द्रित रहेकाे छ।'

अन्यत्र स्थान नपाउँदा मात्रै शिक्षण पेशा राेजाइमा पर्ने गरी अनाकर्षणकाे क्षेत्र बनाउँदा शैक्षिक गुणस्तर साेचेजस्ताे आउन नसकिरहेकाेले महासंघले संघर्ष गरिरहेकाे शिक्षक महासंघ चन्दननाथ नगरपालिका समितिका अध्यक्ष कृष्णबहादुर राेकायाले बताए।

'सक्षम जनशक्ति आउने वातावरण नै बनेन। आएकाहरु पनि लामो समय टिक्दैनन्। जो पेसामा रहिरहेका छन्, ती पनि आफ्नो अवस्थाप्रति सन्तुष्ट छैनन्,' उनले भने, 'याे कसले गर्‍यो ? राज्यले हाेइन ? यसकाे गम्भीर समीक्षा हुनुपर्छ। अधिकांश कार्यरत शिक्षकहरु आफ्नो शिक्षण पेसाको चयनप्रति पछुतो गरीरहेने स्थिति बन्द हुनुपर्छ। त्यसैका लागि याे संघर्ष हाे।'

महासंघले मानिसहरू किन शिक्षक हुन चाहिरहेका छैनन् ? यस्ताे अवस्था किन भएको होला ? शिक्षण पेसालाई मानिसको पहिलो रोजाइको पेसा बनाउन किन सकिएन ? जस्ता प्रश्न गर्दै गम्भीर रुपमा अध्ययन अनुसन्धान हुनुपर्ने माग गरेकाे छ।

महासंघले करीब दुई दशकदेखि विद्यालयमा कास्थाइत्वकाेर्यरत राहत र साविक उ.मा.वि. शिक्षकहरुकाे माग गरेकाे छ भने कार्यरत शिक्षकको स्थायित्वको सवाल राज्यको प्राथमिकतामा राख्न पहल गरेकाे छ। 

ऐनको प्रस्तावित मस्यौदाले कार्यरत शिक्षकमाथि अन्याय गर्न खोजेको महासंघको ठहर छ। राहत र साविक उ.मा.वि.का शिक्षकका हकमा ने.शि.महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच कार्यरत राहत/साविक उ.मा.वि. शिक्षकलाई उमेरको हद नलगाई अस्थायी शिक्षकको जस्तै आन्तरिक/ खुला विधिबाट शिक्षक सेवा आयोग मार्फत स्थायी गर्ने सहमती भएको हो। तर, ऐनकाे मस्यौदा सम्झौताविपरीत आउँदा महासंघले आपत्ति जनाएकाे महासंघकाे पहिलाे अध्यक्ष हरिकृष्ण महतले बताए।

प्रकाशित मिति: : 2023-08-15 19:57:00

प्रतिकृया दिनुहोस्